Rule 18
थप सुबिधा तथा सहुलियत उपलब्ध गराउने
नेपाल सरकारले देहायका उद्योगलाई ऐनको दफा २९ को खण्ड (घ) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत उपलव्ध गराउन सक्नेछ:-

(क) कुल कामदारमध्ये कम्तीमा पचास प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति कामदार रहेको,

(ख) कम्तीमा असी प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने,

(ग) पूर्ण रूपमा हरित झर्जाको प्रयोग गर्ने।